scheduleआइतवार भाद्र ८ गते, २०७६

नक्कली प्रहरी बनेर लाखौं ठगी

पोखरा, १३ पुस । कास्की प्रहरीले कास्की तथा अन्य आसपासका जिल्लाका विभिन्न व्यक्तिहरुलाई प्रहरी हुँ भनि ठगी गर्ने एक नक्कली प्रहरीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लम्जुङ मर्स्याङदी गाँउपालिका वडा नम्वर १ घर भई हाल पोखरा महानगरपालिका बडा नम्बर १५ काजिपोखरी बस्ने वर्ष २८ को जिवन गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरी कार्यालय कास्कीबाट सादा पोशाकमा खटिएको असई तथा राष्ट्रिय अनुसन्धानको स्टाफ हुँ समेत भनि विभिन्न व्यक्तिहरुबाट नगद तथा जिन्सी सामान असुल्दै आएको छ भन्ने सुचनाका आधारमा प्रहरीले खोजी गरिरहेको थियो ।

कास्कीबाट प्रहरी साहेक निरिक्षक सन्तोष सुवेदीको कमाण्डमा खटिएको प्रहरी टोलीले काठमाण्डौको गोंगवु बसपार्कबाट पक्राउ गरेको हो । सुवेदीको टोलीले बुधबार पक्राउ गरेकी विहीबार अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage