scheduleबिहिवार आश्विन २ गते, २०७६

तपाईलाई थाहा छ प्राचिन रोममा किन लगाइन्थ्यो पिसाबमाथि कर ?

एजेन्सी, १३ पुस । पिसाब गरिरहेको एउटा बच्चाको मूर्तिको चर्चा कहिल्यै तपाईले सुन्नु भएको छ ?

बेल्जियमको ब्रसेल्समा मैनकेन पिस नामको सो मूर्ति एउटा सानो बच्चाको हो जो पिसाब गरिरहेका छन् । त्यस मूर्तिलाई हेर्नलाई मात्र पनि मानिसहरु टाढाबाट आउने गर्छन् । यस मूर्तिलाई ब्रसेल्सका मानिस र उनीहरुको हाँसो ठट्टा गर्ने कलाको प्रतिक मानिन्छ ।

पिसाब प्राचिन समयदेखि नै विभिन्न रोगको निदानका लागि प्रयोग गरिन्थ्यो । साथै यसका अन्य धेरै उपभोग्य प्रयोजन पनि छन् ।

इतिहासमा पिसाबको प्रयोगको पहिलो घटना रोमन सम्राट टिटो फ्लेविओ वेस्पासियानोको समयमा पाइन्छ । जुन नौं देखि ७९ इस्वी सम्वतमा देखिन्छ ।

रोमन साम्राज्यमा धोबीघाट वा फुलोनिकसमा पिसाब संकलन गरिन्थ्यो र त्यसलाई सडक दिइन्थ्यो । ती संकलन भएका पिसाब अमोनिया बन्थ्यो र त्यस अमोनिया एक प्रकारको डिटर्जेन्टको रुपमा कपडा धुनका लागि प्रयोग हुन्थ्यो ।

रोमन दर्शनशास्त्री तथा लेखक सेनेका भन्छन् कि सेतो ऊनको कपडालाई भिजाएपछि धोबी ती कपडामाथि नाच्थे । कपडाको रंगमा निखार ल्याउन र त्यसको चमक बढाउन मुल्तानी माटो, पिसाब र सल्फरको प्रयोग हुन्थ्यो । पछि पिसाबको गन्धलाई मेटाउन सुगन्धित डिटर्जेन्ट प्रयोग गरिन्थ्यो ।

धोबीहरुको काम राम्रो व्यवसायमा बदल्दै थियो तर जब वेस्पासियानो सत्तामा आए तब उनीहरुले पिसाबमा कर लगाउन शुरु गरिदिए । यो कर ती मानिसहरुका लागि थियो जसले रोमको सिवेज सिस्टममा जमाइएको पिसाबलाई प्रयोग गर्न चाहान्थे । तीमध्ये छालाको काम गर्ने पनि संलग्न थिए ।

पिसाबले जनावरको खाललाई नरम बनाउने र त्यसलाई पकाउने कामका लागि प्रयोग गरिन्थ्यो किनभने अमोनियामा अधिक पिएच कार्बनिक पदार्थले त्यसलाई गलाउन मद्दत गर्दथ्यो ।

रोमन इतिहासकार स्युटोनियसका अनुसार वेस्पासियानका छोरा टिटोले आफ्नो बुवाको पिसाबमाथि कर लगाउने कामलाई तूच्छ ठाने । तर त्यसको जवाफमा सम्राटले एउटा सुनको सिक्का टिटोलाई देखाउँदै त्यो पनि पिसाबबाट आएको भनि मुख बन्द गरिदिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage