scheduleशनिवार जेष्ठ ३२ गते, २०७६

नयाँ वर्षको पार्टीमा छोटो कपडा र अभद्र डान्स गर्ने अब जेलभित्र

एजेन्सी, १३ पुस । नयाँ वर्षको स्वागतमा हुने पार्टीहरुका लागि भारतको गुजरात राज्यको बडोडरामा प्रहरीले केही नयाँ नियम बनाएका छन् । विशेषगरी ती नियमहरु महिलाहरुप्रति लक्षित छन् ।

यो नियमले केही विशेष किसिमको कपडाहरुमाथि रोक लगाउनेछ । यदि प्रहरीले जारी गरेको यो नियमलाई उल्लंघन गरियो भने जेलको हावा खानुपर्ने अवस्था आउनसक्छ ।

गुजरातको वडोदरा प्रहरीले एक अनुसूची जारी गरेको छ । जसमा नयाँ वर्षको पार्टीमा छोटो कपडा र स्कीन टच शर्ट लगाएर पार्टीमा सामेल हुने युवतीहरु कारावाहीमा पर्न सक्नेछन् ।

त्यस्तै यो अनुसूचीले अभद्र तरिकाको डान्समा पनि रोक लगाएको छ । प्रहरी आयुक्त अनुपम सिंह गहलोतका अनुसार अभद्र डान्सले साना बच्चाहरुमा नराम्रो असर पार्छ । प्रहरीले निजी स्थानमा डान्स पार्टी आयोजना गरेमा त्यहाँ सिसिटिभी लगाउनुपर्ने अनिवार्यता लागू गराएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob