scheduleसोमवार भाद्र २ गते, २०७६

झाडूसँग पत्रकार शान्ति बाटिकामा

काठमाडौं, १४ पुस । नेपाल पर्यटन पत्रकार महासंघको पाँचौ स्थापना वर्षको अवसरमा महासंघको उपत्यका समन्वय समितिले काठमाडौं महानगरपालिकासँग समन्वय गरी सरसफाई अभियान चलाएको छ ।

समितिले शनिबार बिहान रानी पोखरीस्थित शान्ति बाटिका र आसपासका क्षेत्रका फोहोरहरु उठाएका छन् । पत्रकारहरु माक्स, पन्जा, झाडु, डोको सहित त्यस क्षेत्रको सरसफाईमा जुटेको देखिएका थिए ।

सो सरसफाई अभियानमा उपस्थित पर्यटन पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा ऋतुविचारले यस्तो अभियानको पहिलो दिन सफल रहेको र यसले सम्बन्धित निकायलाई चुनौती दिने बताएका छन् ।

कार्यक्रममा करिब ३० जना पर्यटन पत्रकारहरु उपस्थित थिए ।

तस्बिरः युजु राई

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage