scheduleबुधवार श्रावण १ गते, २०७६

विवेकशील साझाका संयोजकद्वय रविन्द्र मिश्र र उज्वल थापाबीच विवाद बढ्दै

काठमाडौ‌ँ, १५ पुस । विवेकशील साझा पार्टीमा विवाद बढ्दै गएको छ ।

पार्टी संयोजक रविन्द्र मिश्र, बरिष्ठ नेता मुमाराम खनाल, प्रवक्ता सुर्यराज आचार्यले एकलौटी ढंगले चलाएको भन्दै अर्का संयोजक उज्वल थापालगायतले व्यवस्थित रुपमै असन्तुष्टि जनाएका छन् । पार्टी चलाउने यो शैलीले नयाँ परिपाटीसहितको पार्टी नबन्ने असन्तुष्ट समूहको ठहर छ ।

पार्टीभित्र असन्तुष्टी बढ्दै गएपछि देशव्यापी भ्रमण गरेका संयोजक थापाले प्रतिवेदन तयार पार्न लागेका छन् । उनले विवेकशील साझा पनि पुरानै शैलीको अर्को पार्टी बन्न थालेको भन्दै असन्तुष्टी पोखेका छन् ।

‘हामी पुरानै लहरमा एउटा अर्को पार्टी बन्दै छौँ, साँघुरो घेरामा बसेर निर्णय गर्दै छौँ, नतिजा निकाल्ने भन्दा पनि आफ्नो अनुकूल व्याख्या गरेर उपलब्धिको रुपमा प्रस्तुत गर्दै छौँ,’ थापाले यसअघिको केन्द्रीय समिति बैठकमा भनेका थिए, ‘मूल्य, मान्यता, सहभागितामूलक लोकतन्त्र र सामूहिक नेतृत्व भन्ने विषय पछि कुनै समय गएर अभ्यास गरौँला भन्न मिल्दैन, ती त अहिले, आजै र हामी हरेकको विषयमा लागू हुनुपर्छ।’

तर पार्टी प्रवक्ता सूर्यराज आचार्यले भने विवाद मिडियामा आए जस्तो नभएको दावी गरेका छन् ।

‘दुई भिन्न पार्टी एकिकरण भई विवेकसिल साझा पार्टी बनाईएको हो । पार्टीभित्रका केही राजनीतिक सवालमा नेतृत्व तहमा छलफल भएको हो । दुई भिन्न पार्टी मिलेर बनेको केन्द्रीय नेतृत्वमा लोकतान्त्रिक अभ्यास गर्ने सन्दर्भमा छलफल हुनु स्वभाविक हो।’ नयाँ पत्रिकामा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob