scheduleसोमवार माघ ७ गते, २०७५

‘उमेर बढेसँगै मष्तिष्कको आकार घट्छ तर स्मरणशक्ति बढ्छ’

एजेन्सी, १५ पुस । क्याम्ब्रिज विश्वविद्यालयको एउटा अध्ययनमा उमेरको साथ साथ मस्तिष्कको आकार घट्दै जाने तर केही मानिसहरुको स्मरण शक्ति र आइक्यू उमेर बढेसँगै थप बढेर जाने पाइएको छ । शोधकर्ताहरुको अनुसार युवाअवस्थामा मस्तिष्कलाई ज्यादा प्रयोग गर्नाले यसले मस्तिष्कलाई थप खुकुलो बनाउँछ ।

‘न्यूरोबायोलोजी अफ एजिङ’ मा प्रकाशित एक अध्ययनमा आबद्ध डेनिस चानको अनुसार मानिसको मस्तिष्कले केही हार्डवेयरको साथ सुरु गर्छ तर यसलाई केही अरु धेरै मजबूत बनाउन सकिन्छ । यसलाई संज्ञात्मक रिजर्भ भनिन्छ । चिकित्सक चानका अनुसार ३५ देखि ६५ वर्ष बीच मानिसले जे गर्छ त्यसले ६५ वर्षपछि उसलाई डिमेन्शियाको जोखिम कम वा ज्यादा गर्छ ।

शोधकर्ताले ६६ देखि ८८ वर्षको उमेरबीचका करिब २०५ जना मानिसहरुको एमआरआई गरेको थियो । त्यसपछि उनीहरुको आइक्यू टेस्ट गरिएको थियो र उनको शोकको बारेमा प्रश्न गरिएको थियो । उनीहरुको शोकलाई बौद्धिक, शारीरिक र सामाजिक गतिविधिहरुलाई तीन श्रेणीमा बाढिएको थियो ।

उक्त शोधमा जवान उमेरमा गरिने विभिन्न गतिविधिले उनीहरुको आइक्यू निर्धारण गरेको पाइएको थियो । त्यस अघिको अन्य शोधमा शिक्षमा समय बिताउने र चुनौतीपूर्ण काम गर्ने मानिसहरुमा डिमेन्शियाको कम खतरा भएको पाइएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob