scheduleशनिवार जेष्ठ ३२ गते, २०७६

एकअर्काको प्रेममा पागल दुई महिलाले श्रीमान्लाई डिभोर्स दिएर उठाए यस्तो कदम

एजेन्सी, १५ पुस । भारतको सर्वोच्च अदालतले धारा ३७७ लाई अपराध श्रेणीबाट हटाईदिएपछि अहिले त्यहाँ समलैंगिकताको मामिला खुलेर आउन थालेको छ । यस्तैमा उत्तरप्रदेशको हमीरपुरमा एउटा मामिला सार्वजनिक भएको छ जहाँ दुई महिलाले भर्खरै विवाह गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार यी दुई महिला पहिलै नै विवाहित थिए तर एकअर्कोसँग प्रेम भएपछि यी दुवैले आआफ्ना श्रीमान्लाई डिभोर्स दिएर विवाह गरेका छन् ।

खबर अनुसार यी दुबै आफ्नो विवाहको दर्ता गराउन रजिस्टार कार्यालय पुगेका थिए । तर उनीहरुको विवाह दर्ता हुन भने पाएन । रजिस्टार कार्यालयको अनुसार सर्वोच्च अदालतद्वारा समलैंगिक विवाहको सामाजिक मान्यता दिने शासनादेश अहिले विभागमा पठाएको छैन ।

ती दुई महिलाले एकअर्कासँग सातवटा शर्तहरु पनि राखेका छन् जसमा पहिलो दुवै कुनै पनि निजी वा सरकारी संस्थामा काम गर्नेछन् र यसमाथि एउटाले अर्कोसँग गुनासो गर्ने छैन । दोस्रो कुनै पनि महिला पर पुरुषसँग शारीरिक सम्बन्ध राखेर सन्तान जन्माउने प्रयास गर्ने छैनन् । यस किसिमका उनीहरुले सातवटा शर्तहरु गरेका छन् जसलाई पूरा गर्ने उनीहरुले बाचा पनि गरेका छन् ।

जानकारीका अनुसार राठ गाउँकी अभिलाषा र कधौली गाउँकी दिपशीखाले आफ्ना श्रीमान्हरुलाई डिभोर्स दिएर एकअर्कासँग विवाह गरेका छन् । यसमा अभिलाषाले आफूलाई श्रीमान् र दिपशीखाले आफूलाई श्रीमती भएको मानेका छन् । दुबै महिलाको उमेर २१ वर्षको रहेको छ र एकजना भने एउटा बच्चाकी आमा हुन् ।

मिडियाको खबर अनुसार ती दुई महिलाबीच सात वर्ष अघि भेटघाट भएको थियो र उनीहरु साथी बनेका थिए तर बिस्तारै उनीहरुको मित्रता प्रेममा बद्लिएको थियो । तर यसबीच दुबैको विवाह भयो र उनीहरु अलग्गिए । तर दुबैको मन त्यहाँ नबसेपछि उनीहरुले अन्तत यस्तो कदम उठाएका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob