scheduleआइतवार भाद्र ८ गते, २०७६

३ सय ४८ थान बन्चरोसहित ३ जना पक्राउ

सप्तरी, १६ पुस । बोदेबसाईन नगरपालिका–९ श्वर्णपट्टीस्थित भन्सार छली नेपालतर्फ बोरामा बोकी ल्याउँदै गरेको अन्दाजी १ लाख ३९ हजार रुपैयाँ बराबरको ३ सय ४८ थान बन्चरोसहित ३ जना पक्राउ परेका छन् । भारत बस्ने ३५ वर्षीय लाल भम्कड समेत ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी देउरीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरुलाई लुकाई छिपाई ल्याउँदै गरेको उक्त सामानसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage