scheduleबिहिवार बैशाख १२ गते, २०७६

पहिलोपटक चन्द्रमाको अँध्यारो भागमा यान अवतरण गराउँदै चीन

एजेन्सी, १६ पुस । एउटा चिनियाँ स्पेश प्रोब पहिलोपटक चन्द्रमाको अँध्यारो भागतिर अवतरण हुन अगाडी बढ्दै गरेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले आइतबार बताएको छ । आफ्नो अन्तरीक्ष कार्यक्रमलाई अगाडी बढाउने क्रममा रहेको चीनको यो पछिल्लो मिशनलाई निकै महत्वपूर्ण कदमको रुपमा हेरिएको छ ।

‘द चेन्ज फोर’ नाम दिइएको सो प्रोब आइतबार योजनाअनुरुपको ग्रहमार्ग अर्बिटमा प्रवेश गरिसकेको छ । उसले त्यहाँ पहिलोपटक चन्द्रमाको सुदूर भागमा हलुका ल्याण्डिङ गर्ने समाचार संस्था सिन्ह्वाले चीनको राष्ट्रिय अन्तरीक्ष प्रशासनलाई उद्धृत गर्दै बताएको छ । तर ल्याण्डिङ कहिले हुन्छ भन्ने स्पष्ट भएको छैन ।

चन्द्रमा हाम्रो पृथ्वीसँग ‘टाइडिल्ली लक्ड’ छ । यो त्यही रेटमा स्वपरिक्रममा हुन्छ जति रेटमा यसले हाम्रो पृथ्वीलाई परिक्रमा गर्छ । त्यसकारण यसको सुधुर भाग अथवा अँध्यारो भाग आजसम्म देखिएको छैन । यो पृथ्वीबाट देखिन सम्भव पनि छैन । पहिलेका स्पेशक्राफ्टले चन्द्रमाको त्यस भागलाई देखेका त छन् तर कसैले आजसम्म त्यहाँ ल्याण्ड गरेका छैनन् ।

चीनले चेन्ज फोरलाई यसै महिनाको सुरुवातमा प्रक्षेपण गरेको हो । यसका चन्द्रमाको सतहमा अनुसन्धान गर्ने ल्याण्डर र रोभर पनि रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob