scheduleबिहिवार फाल्गुन ९ गते, २०७५

अन्तरिक्षमा नयाँ इतिहास रच्ने तयारीमा छ नासा

एजेन्सी, १७ पुस । नयाँ वर्षको दिन अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एउटा नयाँ इतिहास रच्दैछ । उसको न्यू होराइजन नामको अन्तरिक्ष यान अहिलेसम्मकै सबैभन्दा लामो दूरी तय गरेर कुइपर बेल्टस्थित दुरस्थ पिण्ड अल्टिमा थुलेको नजिक पुगेर नयाँ कीर्तिमान स्थापित गर्नेछ ।
पृथ्वीभन्दा करिब ६ अर्ब पचाँस करोड दूरीमा रहेको सो यान अन्तरिक्षमा यति धेरै दूरीमा खोजी गरेर नयाँ रेकर्ड बनाउदैँछ ।

अल्टिमा थुलेलाई चारवर्ष अघि हबल दूरबीनको मद्दतबाट खोजीएको थियो । प्रारम्भमा यसलाई २०१४ मा ४८६९५८ मा सूचीबद्ध गरिएको थियो । पछि सार्वजनिक पशामर्शपछि त्यस पिण्डको नाम अल्टिमा थुले राखिएको थियो । यो शब्द एउटा ल्याटिक वाक्यांश हो जसको अर्थ हुन्छ ज्ञात दुनियाँभन्दा अगाडीको स्थान । यो पिण्ड धेरै बरफ, धूलो र सायद केही ठूला चट्टानको टुक्राबाट बनेको हुनसक्छ । दुरबीनबाट प्राप्त तथ्यांकको अनुसार त्यसको सतह केही रातो रंगको साथै कालो रंगको छ ।

न्यू होराइजन अमेरिकाको एउटा अन्तरीक्ष अनुसन्धान शोधका लागि तयार गरिएको यान हो जसलाई सौर्यमण्डलको बाहिर प्लूटोको अध्ययनका लागि छोडिएको थियो । २००६ मा प्रक्षेपण गरिएको सो यानले ९ वर्षपछि प्लूटो ग्रहको सबैभन्दा नजिक भएर गुज्रिएको थियो ।

अब यहीँ न्यू होराइजन यानले अल्टिमाको आकार, रोटेशन, रचना र वातावरणको अध्ययन गर्नेछ । वैज्ञानिक टाढाको दुनियाँमा रहेको सो पिण्डको उत्पति कसरी भएको हो भनेर जान्न चाहान्छ ।

तर यो प्लूटोको अध्ययनको तुलनामा निकै चुनौतीपूर्ण छ । सो यान अल्टिमा थुलेदेखि ३५ सय किमीको दूरीबाट जाने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob