scheduleबिहिवार आश्विन २ गते, २०७६

फेसबुकका लागि २०१८ को वर्ष असफल, यी हुन् कारणहरु

एजेन्सी, १७ पुस । वर्ष २०१८ सामाजिक मिडिया प्लेटफर्म फेसबुकको लागि राम्रो रहेन । यसको पछाडि एउटा ठूलो कारण रहेको छ । यी सबै घटनाक्रमको सुरुवात गत मार्चबाट शुरु भएको हो । त्यसपछि प्रत्येक महिना फेसबुक कुनै न कुनै समस्यासँग जुझिरह्यो । लाखौं प्रयोगकर्ताका तथ्यांक दुरुपयोय होस् वा तथ्यांक र तस्बिर चुहावट हुने घटना फेसबुकको लागि सामान्य रह्यो ।
आज हामी तपाईलाई फेसबुकका लागि २०१८ को वर्ष खराब बनाउने ती घटनाक्रमका बारेमा बताउँछौं ।

१. दशौं लाख प्रयोगकर्ताका तथ्यांक दुरुपयोग
बेलायत आधारित कन्सल्टेन्सी क्याम्ब्रिज एनालाइटिकाले फेसबुकका लाखौं प्रयोगकर्ताहरुको तथ्यांक दुरुपयोग गरेको समाचारहरु आएका थिए । ती तथ्यांकलाई २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय चुनावका लागि प्रयोग गरिएको थियो ।

२. पाँच करोड प्रयोगकर्ताको तथ्यांक लिक
क्याम्ब्रिज एनालाइटिकाको मामिला सेलाउन नपाउँदै सेप्टेम्बर महिनामा एउटा अर्को मामिला सार्वजनिक भयो । उक्त मामिलामा फेसबुकले भिउ एच फिचरको माध्यमबाट लाखौं प्रयोगकर्ताहरुको तथ्यांकमा पहुँच बनाएको बताएका थिए ।

३. प्रयोगकर्ताको तथ्यांक फेसबुकको प्राथमिकता होइन
बेलायतको संसदीय कमिटिले उसको र फेसबुक कार्यकारीको कुराकानीको जानकारी दिएको थियो, जसमा फेसबुले प्रयोगकर्ताको तथ्यांक उसको प्राथमिकता नभएको दावी गरेको बताइएको थियो ।

४. ६३ लाख प्रयोकर्ताको तस्बिर चुहावट
केही समय अघि ६८ लाख फेसबुक प्रयोगकर्ताको तस्वीर डेभलपर्समा लिक भएको थियो । सबैभन्दा महत्वपूर्ण कुरा यो थियो कि डेवलपर्स यूजर्सको ती तस्वीरहरु पनि देखिएको थियो जसलाई उनीहरुले कहिल्यै पनि पोस्ट गरेका थिएन ।

५. मार्क जकरबर्गको लोकप्रियता ओरालो
जब २०१८ सुरु भएको थियो तब जुकरबर्ग विश्वको तेस्रो धनाढ्य व्यक्ति थिए । तर नोभेम्बरमा जुकरबर्ग ६ नम्बरमा आएपुगे । उनको सम्पत्ति १७ बिलियन डलरको आसपास घटेको थियो ।

६. दुई ठूला व्यक्तिले छोडे फेसबुक
यसवर्ष फेसबुकको ह्वाट्एपकाको फाउण्डर र सिइओ जैन कुओमले र इन्स्टाग्रामका को फाउण्डर केविन सिस्ट्रोमले पद त्यागेका थिए ।

७. ह्यासट्याग ‘डिलिट फेसबुक’ बन्यो ट्रेण्ड
यति धेरै मामिलाहरु उठेपछि फेसबुक प्रयोगकर्ताहरुले अकाउन्ट डिलिज गर्न थालेका थिए । त्यति मात्र होइन ह्वाट्सएपका को फाउण्डर ब्रायन एक्टनले ट्वीट गरेर प्रयोगकर्ताहरुलाई फेसबुक अकाउन्ट बन्द गर्न भनेका थिए ।

८. प्रयोगकर्ताको तथ्यांक संरक्षण नगर्नाले फेसबुकमाथि लाग्यो करोडौंको जरिवाना
फेसबुकमाथि इटलीले एक करोड १७ लाख जरिवाना लगाएको थियो । यसको प्रमुख कारण फेसबुकले प्रयोगकर्ताको तथ्यांकका लागि उनीहरुलाई गुमराह गरिरहेको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage