scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

संघीय सरकार र कर्मचारीबीच आज पनि वार्ता हुँदै

फाइल फोटो

काठमाडौं, १८ पुस । कर्मचारी समायोजन अध्यादेशको विरोध गर्दै आएका कर्मचारीसँग सरकारले आज पनि वार्ता गर्ने भएको छ ।

आन्दोलन जारी राखेका कर्मचारीलाई सहमतिमा ल्याउन हिजोको वार्ता असफल भएपछि आज पनि वार्ता हुन लागेको हो । संघीय सरकार र निजामती कर्मचारीबीच हिजो भएको वार्ता सकारात्मकरुपमा अगाडि बढेको मन्त्रालयले जनाएको छ ।

आज औपचारिकरुपमा सहमतिमा हस्ताक्षर हुने सम्भावना रहेको बताइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शुरेश अधिकारीले छलफल सकारात्मक रुपमा अगाडी बढिरहेको बताए । तर सहमति नभए सरकार कारवाही गरेर भएपनि समायोजन प्रक्रिया अगाडी बढाउने उनले बताए ।

आज सहमति गरेर बुदाँगत रुपमा लिखित सहमति गर्ने तयारी छ । निमाजती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले निजामती ट्रेड युनियनले राखेका १३ वटा मागमध्ये सरुवाका विषयमा बाहेक अन्य सबै विषयमा सहमतिको वातावरण बनेको जानकारी दिए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage