scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

अमेरिका र इजराइल युनेस्कोबाट बाहिरिए

एजेन्सी, १८ पुस । संयुक्त राष्ट्र संघीय शैक्षिक, विज्ञान एवं सांस्कृतिक संगठन (युनेस्को) बाट अमेरिका र इजराइल बाहिरिएका छन् ।

एक वर्षअघि नै युनेस्कोबाट बाहिरिने पत्र दिएको अमेरिका र इजराइल औपचारिक रुपमा मंगलबारबाट बाहिरिएका छन् । दुवै देशले इजराइलको विरुद्ध युनेस्कोले पूर्वाग्रह तरिकाले कामहरु गर्न थालेको भन्दै असन्तुष्टि सहितको पत्र पठाएको थियो ।

यी दुई देश युनेस्कोबाट बाहिरिएपछि त्यसको वित्तिय प्रभाव संगठनमाथि पर्ने जानकारहरु बताउँछन् । प्यालेस्टाइनलाई युनेस्कोको सदस्य राष्ट्रको रुपमा समावेश गराएपछि अमेरिका र इजराइलले युुनेस्कोलाई आर्थिक सहयोग बन्द गरेका कारण युनेस्कोलाई थप समस्या हुने देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage