scheduleबिहिवार बैशाख १२ गते, २०७६

न्यू होराइजन्सले खिच्यो सबैभन्दा टाढाको पिण्ड अल्टिमा थूलेका तस्वीर

एजेन्सी, १८ पुस । अमेरिकी स्पेश एजेन्सी नासाको अभियान ‘न्यू होराइजन्स’ ले सौर्यमण्डलको बाहिरी भागमा रहेको अल्टिमा थुली नामको पिण्डको नजिकबाट सफलतापूर्वक यात्रा गरेपछि पृथ्वीसँग सम्पर्क गरेको छ ।

पृथ्वीसँग सम्पर्क भएको समयमा उक्त अन्तरीक्षयान पृथ्वीभन्दा ६५ अर्ब किमी टाढा रहेको थियो ।

यसरी यो सौर्यमण्डलबाट हालसम्मकै सबैभन्दा टाढाको दूरी तय गर्ने सफल अभियान बन्यो ।

न्यू होराइन्स नामको रोबोटिक अन्तरीक्षयानले अल्टिमा थुलीको नजिकबाट यात्रा गर्दै गर्दा त्यस पिण्डको धेरै तस्वीर र महत्वपूर्ण जानकारीहरु हासिल गरेको छ । सो अन्तरीक्षयानले तस्वीर र अन्य महत्वपूर्ण जानकारीलाई आगामी केही महिनासम्म पृथ्वीमा पठाइरहनेछ ।

अन्तरीक्षयानबाट पठाइएका ती रेडियो सन्देश स्पेनको मेड्रिडमा राखिएको नासाको ठूलो एन्टेनामार्फत प्राप्त गरिएको छ । यी सन्देशले अल्टिमा थुलेदेखि पृथ्वीसम्मको दूरी तय गर्न छ घण्टा आठ मिनेटको समय लिएको थियो ।

संकेत प्राप्त हुनेवित्तिकै मैरीलैंड स्थित जोन्स होपकिन्स यूनिभर्सिटीको एप्लाइड फिजिक्स प्रयोगशालामा उत्साहका तालीहरु बजेका थिए । मिशनको अपरेशन म्यानेजर ऐलिस बोमैनले भने, ‘हाम्रो एयरक्राफ्ट सुरक्षित छ । हामीले सबैभन्दा टाढा फ्लाइबाई गर्ने काममा सफलता हासिल गर्‍यौं ।’

‘फ्लाइबाई’ को अर्थ कुनै पनि स्थान वा विन्दूको नजिकबाट यात्रा गर्नु हो ।

अन्तरीक्षयानबाट आएको पहिलो रेडियो म्यासेजमा उसको स्थितिको बारेमा प्राविधिक जानकारीमात्र पठाइएको थियो । त्यसमा न्यू होराइजन्सले तस्वीर खिचेको पुष्टि गरिएको थियो साथै मेमोरी पूरा भरिएको जानकारी पनि थियो ।

पछि न्यू होराइजन्सले अरु पनि तस्वीर पठाउने विश्वास गरिएको छ जसले वैज्ञानिक र मानिसहरुलई अन्तरीक्षयानले लिएको वस्तु र तस्वीरहरुको बारेमा जानकारी गराउनेछ ।

अल्टिमा सौर्यमण्डलको त्यस भागमा रहेको छ जसलाई काइपर बेल्ट भनिन्छ । यो बेल्ट जमिएका पिण्डहरुबाट बनिएको छ । यो नेपट्युनभन्दा दुई अर्ब किमी र प्लूटोभन्दा एक अर्ब पचास करोड टाढा स्थित छ । यो पिण्डले सूर्यको परिक्रमा गर्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob