scheduleसोमवार मंसिर २३ गते, २०७६
Bajaj
Global IME

प्रेमीसँग फोनमा कुरा गरेपछि बाबुले छोरीलाई जिउँदै जलाए

एजेन्सी, १९ पुस । मुम्बाईस्थित बिरारमा एकजना १६ वर्षीया किशोरीलाई आफ्नै बुवाले जिउँदै जलाएका छन् । यो घटना गत सोमबारको हो । भारतीय सञ्चार माध्यमका अनुसार ती बुवाले छोरी कथितरुपमा प्रेमीसँग फोनमा कुराकानी गरेको आशंका गरी छोरीलाई जिउँदै जलाएका थिए ।

ती किशोरीको ७० प्रतिशत शरीर जलेको छ । घाइते किशोरी अस्पतालमा भर्ना भएकी छिन् र उनको अवस्था निकै गम्भीर रहेको खबर छ ।
प्रहरीको अनुसार उक्त घटना सोमबार दिउँसो दुई बजेको हो ।

पीडित किशोरी आफ्नो कोठामा फोनमा कुरा गरिरहेकी थिइन् त्यसै समय उनको बुवा त्यहाँ आए र उनलाई फोन राख्न भने तर पीडितले बुवाको कुरा नसुनी फोनमा कुरा गरिरहिन् । उसले फोन नराखेपछि बुवाले उनी प्रेमीसँग कुरा गरेको आशंका गरेका थिए । त्यसपछि छोरीको फोन खासेर भूँइमा फ्याँकी छोरीलाई कुटपिट गर्न थाले । छोरीको बचाउँमा आएकी आमालाई पनि बुवाले धक्का दिएका थिए ।

तब जब पीडित किशोरी घरबाट बाहिर निस्कने प्रयास गरिन् तब बुवाले भान्सामा गई त्यहाँ बलिरहेको स्टोभबाट मट्टितेल निकाली छोरीमाथि छर्केर आगो लगाइदिएका थिए ।

प्रहरीले आरोपी बुवालाई आईपिसीको धारा ३०७ अन्तर्गत हत्याको प्रयासको आरोपमा गिरफ्तार गरेको छ । आरोपी बुवा अहिले हिरासतमा छन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage