scheduleबिहिवार फाल्गुन ९ गते, २०७५

चन्द्रमाको रहस्यमयी भागमाथि चीनको विजय, अवतरण सफल

एजेन्सी, १९ पुस । चीनको ‘चाइनिज प्रोब’ ले पहिलोपटक चन्द्रमाको अध्यारो भागमा अवतरण गरेको त्यहाँको सरकारी मिडियाले बताएको छ । अन्तरीक्ष अन्वेषणको यो अभूतपूर्व मिशनमा उसले सफलता हासिल गरेको छ ।

सरकारी मिडियाको अनुसार एउटा नाम नदिइएको ‘चेन्ज फोर’ अन्तरीक्षयानले बिहीबार विहान १०ः२६ को समयमा चन्द्रमाको पूर्वनिर्धारित भागमा सफलतापूर्वक अवतरण गरेको छ ।

सो यानले चन्द्रमाको उक्त अध्याँरो भागको तस्वीरलाई ‘क्युकियो सेटालाइट’ मा पठाएको छ । क्युकियो सेटालाइटले पृथ्वीमा रहेको कन्ट्रोलर र चन्द्रमाको टाढा भागमा रहेको यानबीच सम्पर्क स्थापित गर्ने काम गर्छ ।

यस अघिका अन्तरीक्षयानहरुले चन्द्रमाको त्यस अध्याँरो भागलाई देखेका थिए तर त्यहाँ यानलाई अवतरण भने कसैले गरेका थिएनन् ।
‘त्यो न्यायो अवतरणले चन्द्रमाका टाढाको अध्यारोँ भागको रहस्यमयी पर्दा उठाएको छ र मानवद्वारा चन्द्रमा अन्वेषणको एउटा नयाँ अध्यायको सुरुवात गरेको छ ।’

उक्त चेन्ज फोर यानले त्यहाँ विभिन्न खगोलिय अवलोकन गर्नेछ साथै चन्द्रमाको भूबनोट, खनिज संरचनाको सर्वेक्षण गर्नेछ । यसबाहेक चन्द्रमाको त्यस भागमा न्युट्रन रेडिएशन र न्युट्रल एटमको अध्ययन गरी त्यहाँको वातावरण बुझ्ने चीनको राष्ट्रिय अन्तरीक्ष प्रशासनले बताएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob