scheduleसोमवार भाद्र २ गते, २०७६

माओवादी आधारक्षेत्रमा जाउलो पकाउन सिकाउँदै एनजिओ


रुकुम (पूर्व), १९ पुस । रुक्मेली समाज विकास केन्द्रद्वारा सञ्चालित सुआहारा कार्यक्रमले जिल्लाको भूमे गाउँपालिका–३ क्याङ्सीका आमाहरूलाई जाउलो पकाउन सिकाइराखेको छ । बालबालिकालाई कुपोषण तथा विभिन्न रोगबाट बचाउन आफ्नै खेतबारीमा उत्पादन गरेका गेडागुडी र सागसब्जीबाट जाउलो बनाउन सिकाउने गरेको सुआहाराले जनाएको छ ।

बालबालिकाको मानसिक विकास दुई वर्षभित्रमा ८० प्रतिशतसम्म वृद्धि हुने भएकाले बालबालिकाको शारीरिक र मानसिक वृद्धि विकासमा सन्तुलन होस् भनी जाउलो पकाउन सिकाइएको बताइएको छ । ‘आफ्नै बारीमा उत्पादित गेडागुडी तथा सागसब्जीबाट बनेको पोषिलो जाउलो आफ्ना सन्तानलाई खुवाइरहेका छौं,’ एक आमाले भने, ‘पहिले त बच्चाका लागि जाउलो कसरी तयार पार्ने भन्ने कुरा पनि थाहा थिएन ।’

अहिले गाउँपालिका–३ मा मात्र जाउलो पकाउन सिकाएको सुआहाराले क्रमिकरूपमा सबै वडामा यो कार्यक्रम लागू गरिने बताएको छ । सुआहाराले विगत पाँच वर्षदेखि भूमेका तीन वडामा कुपोषित बालबालिकाका लागि पोषण सामग्री पनि वितरण गर्दै आएको छ ।

रुकुमलाई तत्कालीन माओवादीको आधारक्षेत्र मानिन्छ । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरको गृह जिल्ला रुकुममा माओवादीले जनवादी शिक्षाको अभ्यास गरेको थियो । माओवादी युद्धकालमा एनजिओविरुद्ध अभियान चलाउन अग्रपंक्तिमा रहेको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage