scheduleसोमवार माघ ७ गते, २०७५

पहिलो हप्तामा लाग्दैछ वर्ष २०१९ को पहिलो ग्रहण

एजेन्सी, १९ पुस । यसवर्षको गणना अनुसार २०१९ मा कूल पाँचवटा ग्रहणहरु हुनेछन् । यीमध्ये तीनवटा सूर्य र दुई चन्द्र ग्रहण हुनेछन् । यसमा वर्षको पहिलो ग्रहण पहिलो हप्ता ६ जनावरीमा आंशिक सूर्यग्रहण लाग्नेछ ।

ज्योतिषको अनुसार एकवर्षमा न्यूनतम दुईवटा र अधिकतम सातवटासम्म ग्रहण लाग्नसक्छ । यदि दुईवटा मात्र ग्रहण लाग्यो भने त्यो एउटा सूर्य र एउटा चन्द्र हुन्छ ।

यसवर्षको पहिलो सूर्यग्रहण ६ जनावरीमा लाग्नेछ तर त्यो यहाँ देखिने छैन । र दोस्रो त्यसपछि दुई र तीन जुलाईको बीच राति पूर्ण सूर्यग्रहण लाग्नेछ । तेस्रो र अन्तिम वलयाकार सूर्यग्रहण २६ डिसेम्बर २०१९ मा लाग्नेछ ।

त्यस्तै यसवर्षको दुईवटा चन्द्रग्रहण पहिलो २१ जनावरीमा पूर्ण चन्द्रग्रहण लाग्नेछ तर यहाँ दिन हुने भएको कारण यो देखिने छैन । यसपछि दोस्रो १६ र १७ जुलाईमा मध्य रातमा आंशिक चन्द्रग्रहण लाग्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob