scheduleबिहिवार बैशाख १२ गते, २०७६

सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जना पक्राउ

काठमाडौं, २० पुस । सामाजिक सञ्जाल इमोमा म्यासेज पठाई प्रलोभन देखाई ठगी गर्ने कार्यमा संलग्न ३ जना पक्राउ परेका छन् । काठमाडौं काडाघारी बस्ने खोटाङ घर भएका ३३ वर्षीय लेखबहादुर खड्कासमेत ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

चन्द्रागीरी नगरपालिका–११ सतुङगल र काठमाडौं महानगरपालिका–१० तिनकुनेस्थित महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४७ हजार रुपैयाँसहित पक्राउ गरेको जनाएको छ । उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob