scheduleशनिवार मंसिर २८ गते, २०७६
Bajaj
Global IME

चार किलो सुनसहित गजुरीबाट तीन पक्राउ

धादिङ, २० पुस । गल्छीबाट मलेखुतर्फ जाँदै गरेका दुई मोटरसाइकलबाट अवैध चार किलोग्राम सुनसहित तीन जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–३ का २७ वर्षीय सञ्जीत वाइबा, नुवाकोटको तारकेश्वर गाउँपालिका–५ का २२ वर्षीय सुरेन्द्र तामाङ र सोही स्थानका २४ वर्षीय विकास तामाङ रहेका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताए ।

प्रहरीले पृथ्वीराजमार्गको गजुरीमा सवारी जाँच गर्दा बा ८७ प ७७३१ र प्रदेश नम्बर ३ ०२–००३ प २५४० नम्बरका मोटरसाइकलबाट उक्त सुन बरामद गरेको थियो । प्रहरीले सुन र मोटरसाइकलसमेत तीनजनालाई हिरासतमा लिएको छ । रासस

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage