scheduleआइतवार मंसिर १ गते, २०७६

मर्केलसहित जर्मन अधिकारीलाई असर पर्ने विवरण सार्वजनिक


बेरुत, २० पुस । जर्मन चान्सलर एन्गेला मर्केलसहित जर्मनीका सयौँ राजनीतिज्ञहरुलाई प्रभावित पार्नेगरी व्यापक विवरणहरु सार्वजनिक भएका छन् ।

ती विवरणहरु गोप्य तरिकाले प्राप्त गरेर अनलाईन मार्फत् चुहावट भएको सरकारी अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

‘जर्मनीका सयौँ राजनीतिज्ञ तथा सार्वजनिक व्यक्तिहरुको व्यक्तिगत विवरण र दस्तावेजहरु अनलाईनबाट सार्वजनिक भएको छ,’ सरकारका प्रवक्ता मार्टिन फिट्जले भने ।

यस घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको उहाँले संवाददाताहरुलाई जानकारी दिए ।

संसदको तल्लो सदन, युरोपेली संसद, क्षेत्रीय तथा स्थानीय सभाका सदस्यहरुको पनि व्यक्तिगत विवरणहरु सार्वजनिक गरिएको उनले बताए ।

तर संसदले गरेको अनुसन्धानले भने संवेदनशील सूचना र विवरणहरु भने नरहेको निश्कर्ष निकालेको प्रवक्ता फिट्जले बताए ।

सार्वजनिक गरिएका विवरणहरुमा व्यक्तिगत ठेगाना, मोवाईल नम्बर, चिठीहरु, बिलहरु, परिचयात्मक दस्तावेज रहेका छन् । ती विवरणहरु अनलानसँगै ट्वीटरमा समेत सार्वजनिक गरिएको छ ।

यी विवरणहरु द डेली बिल्ड र सार्वजनिक प्रसारक संस्था आरबीबीले सवै भन्दा पहिला सार्वजनिक गरेका हुन् । रासस/एएफपी

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage