scheduleआइतवार श्रावण ५ गते, २०७६

क्यालिफोर्नियामा गोली चल्दा तीन जनाको मृत्यु


वासिङटन, २१ पुस । संयुक्तराज्य अमेरिकाको लस एन्जलस नजिकै बाउलिङ खेलका क्रममा गोली चल्दा तीन जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

क्यालिफोर्निया प्रहरी कार्यालयका अधिकृत रोनाल्ड ह्यारिसले ग्याबल हाउस बाउलमा शुक्रबार राति करिब १२ बजे गोली चलेको आवाज सुनिएको बताए । प्रहरीले सातै जना पीडितहरु पुरुष रहेको जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो । घाइतेहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

टोरेन्स प्रहरी विभागले ट्वीट गर्दैै स्थानीयवासीलाई बाहिर ननिस्कन आग्रह गरेको थियो । लस एन्जलसको मुख्य सहरी भागबाट घटनास्थल टोरेन्स करिब ३२ किलोमिटरको दूरीमा रहेको छ ।

अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकामा गोलीकाण्डमा परेर सन् २०१७ मा मात्र ४० हजारले ज्यान गुमाएका थिए । रासस/एएफपी

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob