scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

देउवालाई चुनौती दिँदै कोइराला, भन्छन्- अब नेतृत्व फेरिनुपर्छ

फाइल फोटो

चितवन, २१ पुस । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले जनताले पार्टीको नेतृत्वमा परिवर्तन खोजेको बताएका छन् ।

नेपाली काङ्ग्रेस रत्ननगर नगरसमितिले आज रत्ननगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा बोल्दै उनले पार्टीलाई एक बनाएर लैजानका लागि नेतृत्वमा परिवर्तन आवश्यक रहेको बताए ।

आफूले पटकपटक सभापतिलाई पार्टी एक ढिक्का बनाउन आग्रह गरेको बताउँदै उनले पार्टी गुट उपगुटले ध्वस्त भएको बताए । यो गुट उपगुटको अन्त्य सभापतिकै नेतृत्वबाट हुनुपर्ने उनको भनाइ थियो ।

आउँदो निर्वाचनसम्म पार्टीलाई एक ढिक्का बनाएर लैजान सकेमा नेपाली काङ्ग्रेसलाई कसैले जित्न नसक्ने उनको भनाइ थियो । अहिले आम नेतृत्वले काङ्ग्रेसलाई कसरी बलियो बनाएर लैजाने भन्ने विषयमा सोच्न आवश्यक रहेको उनले बताए ।

यस्तै अर्का नेता महेश आचार्यले पार्टीभित्रको अन्तरघातका कारण काङ्ग्रेस कमजोर बनेको बताए । पार्टीलाई चलायमान बनाउनका लागि तत्काल सङ्घीयताको आधारमा पार्टी संरचना निर्माण गर्नु आवश्यक रहेको आचार्यले बताए ।

नेपाली काङ्ग्रेसका नेता धनराज गुरुङले नेपाली काङ्ग्रेस आफ्नो दृष्टिकोणका साथ बदलिनु आवश्यक रहेको बताए । पार्टीलाई चलायमान बनाउन लागि नेतृत्व सदाचारको बाटोमा हिड्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो । रासस

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage