scheduleबुधवार बैशाख ११ गते, २०७६

रजहर जेसिसमा सन्तोष थापा


नवलपुर, २२ पुस । रजहर जेसीजको पाँचौँ साधारणसभा तथा चौथो अधिवेशन एवम पद हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । शनिबार देवचुली-१६ रजहरको धुसेरी सामुदायिक वनको सभाहलमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि जेसीज वर्ष २०१९ का राष्ट्रिय अध्यक्ष महेश पौडेलले देशमा रहेका सबै युवाहरुको आस्था र भावना एउटै भई जेसीजमा आस्था राख्न आवस्यक रहेको बताए ।

उनले जेसीजले जुन नेतृत्व प्रदान गर्छ त्यसलाई युवाहरुले आत्मसाथ गरे युवाहरुमा सफलताको मार्ग देखिने बताए । अध्यक्ष पौडेलले रजहर जेसीज वर्ष २०१८ले आफ्ना कार्यक्रम र कार्यकाल सफल ढंगले पुरा गरेकोमा धन्यबाद साथ नयाँ कार्य समितिलाई बधाई र कार्यकाल सफलताको लागि शुभकाना समेत व्यक्त गरेका थिए ।

रजहर जेसीज सन् २०१८ का अध्यक्ष चित्र ध्वज जि .सि को अध्यक्षतामा सम्पन्न कार्यक्रममा बर्ष २०१९ का लागि नवनियुक्त अध्यक्ष सन्तोष थापासहित नवनिर्वाचित समितीलाई पद तथा गोपनियताको सपथ ग्रहण समेत गराइएको थियो । समितीको कार्यकारिणी उपाध्यक्षमा राजु केसी,दुर्गा प्रसाद काफ्लेलाई चयन गरिएको छ । यस्तै रजहर जेसीजको चार उपाध्यक्षमा त्रिबिक्रम कोइराला, नितु क्षेत्री,कृष्ण भुर्तेल ,कृष्ण लिम्बु चयन भएका छन । त्यस्तै मनोनिततर्फ महासचिवमा हरि सापकोटा कोषाध्यक्षमा बिन्दु क्षेत्री लाई चयन गरिएको छ । भने कानुनी सल्लाहकारमा राजन गौतमलाई चयन गरिएको छ ।

अध्यक्षमा नियुक्त भए लगत्तै मन्तब्य राख्दै अध्यक्ष थापाले रजहर जेसिज लाई उचाइमा पुर्याउन सक्दो प्रयास गर्ने बताए । उनले सबै सहकर्मी साथी एवं शुभेच्छुकको साथ लिएर आफनो कार्यकाल सफल पार्न सामाजिक कार्यमा तन, मन, धनले लागिपर्ने प्रतिक्रिया दिए ।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष एवम जेसीज वर्ष २०१८ रामनगरका अध्यक्ष जेसीज भुपराज चापागाई, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष एवम नारायणगढ जेसीज वर्ष २०१८ का अध्यक्ष जेसीज अर्जुन अधिकारी, नेपाल जेसीजका निरुपीत राष्टिय कार्यकारीणी उपाध्यक्ष जेसीज श्यम सुन्दर पौडेल, देवचुली नगरपालिका वडा नम्बर १६,१७का वडा अध्यक्ष लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा रजहर जेसीजका पूर्व अध्यक्षहरु, सदस्यहरु, सामाजिक अभियन्ता, शुभेच्छुक लगायत विभिन्न व्यक्तित्वहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob