scheduleआइतवार मंसिर १ गते, २०७६

सलमान खानकै अघि विक्की कौशलले क्याटरिनालाई राखे विवाहको प्रस्ताव, यस्तो छ बाँकी कथा

एजेन्सी, २२ पुस । फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ बाट चर्चा बटुलिरहेका अभिनेता विक्की कौशलको लोकप्रियता दिन दिनै फिल्म क्षेत्रमा बढिरहेको छ । खबर अनुसार बलिउडका धेरै अभिनेत्रीहरु उनीसँग काम गर्न चाहन्छन् । तीनै अभिनेत्रीमध्ये क्याटरिना कैफ पनि एकजना हुन् । केही समय अघि क्याटरिनाले करण जोहरको टकसोमा आफू विक्की कौशलसँग काम गर्न चाहेको बताएकी थिइन् ।

यसै दौरान हालै स्टार स्क्रीन अवार्डको स्टेजमा विक्की र क्याटरिना एकसाथ देखा परेका थिए । त्यहाँ ती दुवै हासीँठट्टाको मुडमा देखिएका थिए । तब विक्कीले क्याटरिनालाई विवाहबारे सोधेका थिए । त्यसै समय त्यहाँ सलमान खानको फिल्म ‘मुझ्से सादी करोगी’ को टाइटल गित ‘मुझ्से सादी करोगी’ बज्न सुरु भयो । त्यस समय अभिनेता सलमान खान पनि त्यहाँ उपस्थित थिए । शोमा सलमान आफ्नी बहिनी अर्पितासँग आएका थिए ।

जब सलमान खानले विक्कसीको विवाहको प्रश्न सुने तब उनले आफ्नो टाउको अर्पिताको काँधमा राखेका थिए । त्यसपश्चात क्याटरिनाले विक्कीको प्रश्नको उत्तर दिदैँ हिम्मत नभएको बताइन् ।

उक्त शोको यो भिडियो अहिले निकै भाइरल भैरहेको छ । विक्कीले सन् २०१५ मा फिल्म ‘मसान’ बाट बलिउडमा डेब्यु गरेका हुन् ।

आगामी ११ जनावरीमा उनको फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ रिलिज हुदैँछ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage