scheduleबुधवार भाद्र ४ गते, २०७६

नेपाल वायुसेवा निगमका महाप्रबन्धक कंसाकारलाई कालोमोसो दल्ने पक्राउ

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दल्ने एक पक्राउ परेका छन् । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा क्रान्तिकारी युवा लिगका कार्यकर्ता चन्द्रागिरी–४ का ३७ वर्षीय सुरेश तामाङ रहेका छन् ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले तामाङलाई थानकोटबाट आइतबार पक्राउ गरेको हो । वाइडबडी विमान प्रकरणमा घोटाला गर्न कंसाकारको मुख्य भूमिका रहेको भन्दै तामाङले कार्यकक्षमा गएर शुक्रबार कालोमोसो दलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तामाङमाथि आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । घटनामा संलग्न अन्यको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage