scheduleबिहिवार कार्तिक १३ गते, २०७७

गोप्य सम्बन्ध विच्छेदलाई लिएर साउदी अरबमा नयाँ नियम

एजेन्सी, २२ पुस । साउदी अरबले आइतबारबाट नयाँ कानुन प्रयोगमा ल्याएको छ । महिलालाई विना जानकारी पुरुषको एकल निर्णयमा हुने सम्बन्ध विच्छेदको कानुनी प्रावधानको अन्त्य गर्दै त्यहाँ आइतबारबाट नयाँ कानुन प्रयोगमा आएको हो ।

यस अन्तर्गत साउदी अरबको अदालतले कुनै पनि पुरुषले महिलासँग सम्बन्ध विच्छेद गर्न अघि त्यसबारे महिलालाई पूर्व जानकारी पठाउनु पर्ने अनिवार्य गराएको छ ।

‘गोप्य सम्बन्ध विच्छेद’ को नामले चिनिने यस्तो मामिला अब कम भएर जाने स्थानीय महिला अधिवक्ताहरुले बताएका छन् ।

अधिनियमले वैवाहिक स्थितीबारे महिलालाई पूर्ण जानकारी हुनुपर्ने र उसले आफ्नो भरण पोषण भत्ताजस्तो अधिकारको पनि संरक्षाण गर्नसक्ने व्यवस्था गरेको बताइएको छ ।

यो नयाँ नियमलाई साउदी अरबका युवराज मोहम्मद बीन सलमानको आर्थिक र सामाजिक सुधार प्रक्रियाको एउटा हिस्सा भएको बताइएको छ ।

वितेको वर्षमा युवराज सलमानको अग्रसरतामा त्यहाँ महिलालाई परम्परागतरुपमा रोक लगाइएका धेरै क्रियाकलापमा अधिकार दिइएको छ । जस्तो स्टेडियममा गएर फुटबल म्याच हेर्ने, गाडी कुदाउन पाउने लगायत । तर त्यहाँ अझै पनि पासपोर्टको आवेदन दिन, विदेश यात्रा गर्न, विवाह गर्न, बैंक खाता खोल्न, व्यापार गर्न र वैकल्पिक सर्जरी गर्न पुरुषको सहमति लिनुपर्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay