scheduleमगलवार चैत्र १२ गते, २०७५

जब १४ वर्षदेखि कोमामा रहेकी महिलाले दिइन् बच्चालाई जन्म…..

एजेन्सी, २२ पुस । अमेरिकामा एउटा निकै आश्चर्यजनक मामिला सार्वजनिक भएको छ । करिब १४ वर्ष देखि कोमामा रहेकी एकजना महिलाले त्यहाँ बच्चालाई जन्म दिएकी छिन् । प्रहरीले महिलामाथि यौन उत्पीडन भएको हुनसक्ने बताउँदै त्यसको अनुसन्धानको थालनी गरेको छ ।

अमेरिकाको फिनिक्स एरिजोनास्थितकी एक महिलाले २९ डिसेम्बर २०१८ मा एउटा स्वस्थ बच्चालाई जन्म दिइन् । महिलालाई २४ घण्टा हेरचाहको आवश्यकता पर्छ । महिलालाई दिनमा धेरैपटक चेकजाँच गरिदैँछ । अस्पताल प्रशासनलाई पनि बच्चा जन्मन अघिसम्म ती महिला गर्भवती भएको कुरा थाहा थिएन । साथै नर्सिङ फैसिलिटिका अधिकारीहरुले यस विषयमा केही कुरा गर्न पनि अस्वीकार गरेको छ ।
प्रहरी बच्चाको बुवाको खोजी कार्यमा लागेका छन् ।

१४ वर्ष अघि ती महिलाको बुवा आमाको पानीमा डुबेर मृत्यु भएको थियो जसको कारण उनलाई गम्भिर मानसिक आघात पुग्यो र उनी कोमामा पुगिन् । त्यस यता उनी धेरैवर्ष देखि नर्सिङ फैसिलिटिमा भर्ना छिन् । त्यसयता त्यहाँ उनको उपचार चलिरहको थियो ।

हेरचाहका लागि धेरै मानिसहरु उनको कोठामा आउने जाने गर्छन् । यो मामिला सार्वजनिक भएपछि हेल्थ सेन्टरले आफ्नो नियम परिवर्तन गरेको छ जसमा चेकजाँचको दौरान पुरुष स्टाफको साथमा महिला पनि उपस्थित हुनेछन् ।

सो अस्पताल पहिले देखि नै निकै विवादित रहेको बताउँदै आइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob