scheduleशनिवार चैत्र ९ गते, २०७५

अबैध रुपमा हुण्डी कारोबार गर्ने ४ जना पक्राउ

धनुषा, २२ पुस । जनकपुर उपमहानगरपालिका–११ किशोरीनगरस्थित रामेश्वर साहको घरबाट अबैध हुण्डी कारोबार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । नगद ८३ लाख ५७ हजार रुपैयाँ, विभिन्न बैंङ्कका चेक ३० थान, बैंङ्कको भौचरहरु, हुण्डी कारोबारको लागि प्रयोग भएका हिसाव खाताहरु र ६ थान मोबाईल फोन सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उक्त कार्यमा संलग्न भारत मधुबनी बासोपट्टी बस्ने ४० वर्षीय सन्तोष महतो, सोही ठाउँ बस्ने ४० वर्षीय नरेश महतो र जनकपुर उपमहानगरपालिका–१९ बस्ने विजय यादव समेतका ४ जना रहेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob