scheduleबिहिवार माघ ३ गते, २०७५

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी नियुक्त

काठमाडौं, २२ पुस । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । खुला प्रतिस्पर्धाबाट छानिएका अन्तिम तीनजना मध्ये बिहीबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।

सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा गठित छनौट । समितिले अन्तिम तीनजनामा डिल्लीराम अधिकारी, बुद्धि आचार्य र संगीता पहाडीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

चार महिनादेखि रिक्त रहेको उक्त पदमा अधिकारी नियुक्त भएका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob