scheduleआइतवार आषाढ़ १ गते, २०७६

यसकारण क्रस कार्तिक आर्यनलाई म्यासेज गरेकी छैनन् सारा अली खानले

एजेन्सी, २३ पुस । फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गरेर फिल्म ‘सिम्बा’ बाट सफल बनेकी नवोदित अभिनेत्री सारा अली खानले अचेल निकै चर्चा बटुलिरहेकी छिन् । हालै रिलिज भएको उनको फिल्म सिम्बाले सय करोडभन्दा धेरैको कलेक्सन गरेको छ ।

तर यसैबीच खबर आएको छ सारा अली खानले आफ्नो क्रस अभिनेता कार्तिक आर्यनलाई म्यासेज गर्न सकिरहेकी छैनन् ।

साराका धेरै फ्यानहरुलाई थाहा होला उनी अभिनेता कार्तिक आर्यनलाई निकै मन पराउँछिन् र उनीसँग डेटमा पनि जान चाहन्छिन् । भर्खरै एउटा अन्तरवार्तामा सारालाई अब उनले कार्तिक आर्यनलाई म्यासेज गर्नसक्ने बारेमा सोधिएको थियो । जवाफमा साराले अब आफू त्यत्ति धरै आशाक्ति नभएको बताउँदै आमा अमृता सिंहले आफूलाई म्यासेज गर्नका लागि पर्खिनु पर्ने सल्लाह दिएको बताइन् ।

यसको अर्थ अब कार्तिक आर्यनलाई म्यासेज गर्नका लागि सारा अली खान आमा अमृताको अनुमतिको प्रतिक्षामा छिन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob