scheduleमगलवार चैत्र १२ गते, २०७५

प्रधानमन्त्री र मन्त्रीको हर्कतविरुद्ध बाबुरामको दुई ट्वीट हमला

फाइल फोटो

काठमाडौं, २३ पुस । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पर्यटनमन्त्री र प्रधानमन्त्रीको क्रियाकलाप र अभिव्यक्तिविरुद्ध आक्रोश पोखेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले ट्वीटमार्फत् सदनमा प्रधानमन्त्रीको सम्बोधन र मन्त्री अधिकारीको पत्रकार सम्मेलनविरुद्ध धारणा सार्वजनिक गरेका हुन् ।

उनले वाइड बडी विमान खरिद प्रकरणमा लेखा समितिको प्रतिवेदनविरुद्ध मन्त्रीपरिषदबाट छुट्टै आयोग बनाउने सरकारी कदमको विरोध गरेका हुन् । त्यसैगरी लेखा समितिको निर्णय अगाडि नै मन्त्री अधिकारीले सोमबार बिहान गर्न लागेको पत्रकार सम्मेलनप्रति पनि उनले आशंका व्यक्त गरेका छन् ।

‘वाइडवडी ढाकछोप गर्न सरकार अब ‘अरिंगाल’ परिचालनमा लागेको हो ?,’ डा. भट्टराईले प्रश्न गर्दै लेखेका छन्, ‘नत्र किन लेखा उपसमितिको प्रतिवेदन समितिले रोक्ने ? हतारमा मन्त्रिपरिषदको छुट्टै आयोग । प्रमको संसद सम्बोधन पछि प्रश्नमा रोक । सोसल मिडियामा कार्यकर्ताको हस्यांगफस्यांग । पर्यटन मन्त्रालयको हतारको पत्रकारसम्मेलन ? हजार झूटले सत्य छोपिन्न है ।’

डा. भट्टराईले प्रधानमन्त्रीले आइतबार संसदमा गरेको सम्बोधनको पनि खिस्सी उडाएका छन् । ‘प्रमले संसदमा पेश गरेका तथ्यांक सुन्दा देश सुनको लंका बनिसकेको अननुभूति भयो,’ उनी लेख्छन्, ‘तर सडकका भूइँमान्छेको वास्तविक जीवनको अनुभव त्यस्तो छैन है । ध्यान पुगोस् ।’

भट्टराईले प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लुई चौधौंको शैलीसँग तुलना गरेका छन् । ‘वहाँको ‘राष्ट्रपतिको विरोध गणतन्त्रको विरोध’ र ‘सांसदमाथिको हमला प्रणालीमाथिको हमला’ले चैं लुई चौधौंको ‘म नै राज्य हुँ’ को झल्को दियो है ।’

प्रधानमन्त्री ओलीले संसदमा तथ्यांकको नाममा मिथ्यांक सुनाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob