scheduleबिहिवार बैशाख १२ गते, २०७६

विप्लव माओवादीका बाँके युवा संयोजक पक्राउ

डोल्पा, २३ पुस । नेत्रविक्रम चन्द विप्लव माओवादी बाँके जिल्लाका युवा इन्चार्ज भरत पहाडीलाई प्रहरीले पक्राउ गरेको छ । उनी डोल्पाको शुलिर्गाडमा पक्राउ परेका हुन्।

बाँके जिल्लाको कोहलपुर नगरपालिका–७ पिपेरीका १८ वर्षीय पहाडीलाई शनिबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।

सरकारी कर्मचारीसँग चन्दा माग्दै धम्की दिएकोसहित नेकपा विप्लवको जनसरकार अदालतमा नआए कारवाही गर्ने चेतावनीको प्रचा टाँस्दै हिंडेका उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई सार्वजानिक कुसर ऐन अनुसार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob