scheduleआइतवार भाद्र ८ गते, २०७६

भ्रष्टाचारीलाई पोखरामा प्रवेश निषेध

कास्की, २३ पुस । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पोखराका मुख्य–मुख्य चोकमा ‘भ्रष्टाचारीलाई प्रवेश निषेध’ भन्दै ब्यानर टाँसेको छ । ब्यानरमा भ्रष्टाचारविरोधी नारा लेखिएको छ ।

सोमबारदेखि सुरु अभियानलाई देशैभर लैजाने नेविसंघले जनाएको छ । नेपाली काँग्रेस महासमिति सदस्य गुरु बरालले पोखराको पिएन क्याम्पसबाट ब्यानर टाँसेर अभियानको सुरुआत गरेको बताए ।

पहिलो चरणमा ४० ओटा ब्यानरलाई मुख्य चोकसँगै क्याम्पस गेटअगाडि टाँसिने नेविसंघले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage