scheduleमगलवार चैत्र १२ गते, २०७५

जनवरी महिनाको पहिलो सोमबार यसकारण मनाइन्छ ‘डिभोर्स डे’

एजेन्सी, २३ पुस । जनावरी महिनाको पहिलो सोमबार विश्वभरी ‘डिभोर्स डे’ वा ‘सम्बन्ध विच्छेद दिवस’ मनाइन्छ ।

जनावरीको पहिलो सोमबारलाई यो दिवसको रुपमा मनाउने चलनपछिको कारण पनि निकै रोचक छ । भनिन्छ, यो दिन यस्ता मानिसहरुको संख्या बढ्छ जो आफ्नो विवाहलाई अन्त्य गर्नका लागि सबैभन्दा उत्कृष्ट तरिकाको बारेमा थाहा पाउन चाहान्छन् ।

अब यहाँ प्रश्न उठ्न सक्छ नयाँ वर्षको सुरुवातमै मानिसहरु किन आफ्नो विवाहको सम्बन्ध तोडेर अलग्गिने निर्णय लिन्छन् ।

रिलेट संस्थाका काउन्सिलर सिमोन बोस भन्छन्,‘कसैले पनि यो भनेको छैनन् क्रिसमससँगै सम्बन्ध बिच्छेद बढ्दैछ तर यदि तपाई समस्याको सामना गर्दै हुनुहुन्छ भने तपाईलाई महसुस भएको होला कि क्रिसमस र नयाँ वर्षको पार्टीको बीच परिवारको दायित्व र वित्तिय संकटले खराब सम्बन्धको ब्रेकिङ प्वाइन्टसम्म पुर्‍याउँछ ।’

यसकारण प्रत्येक वर्ष जनावरीको रमाइलोपछि यस्तो परिवारको संख्या बढ्दैछ जो एकअर्कासँग अलग्गिनका लागि सम्बन्धित निकायमा पुग्ने गर्छन् ।

यसबाहेक वेलायतको अदालतहरुमा क्रिसमसदेखि नयाँवर्षको अघि सम्बन्ध विच्छेदको ४५५ अनलाइन आवेदन आएका थिए ।

डिभोर्स सपोर्ट सर्भिस एमिकेबलको अनुसार बेलायतमा जनावरीको महिनामा साढे चालिस हजार मानिसहरुले आफ्नो कम्प्युटर सर्च इन्जिनमा डिभोर्स लेखेर खोजी गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob