scheduleआइतवार आषाढ़ १ गते, २०७६

‘म मोदीको भक्त बन्न पाउँदा खुसी छु’

 

काठमाडौँ, २४ पुस । बलिउडमा पछिल्लो समयन निकै चर्चा रहेको फिल्म हो ‘उरी ‘ । यो फिल्म सन् २०१६ मा भारतले पाकिस्तानविरुद्ध गरेको सर्जिकल स्ट्राइकलाई लिएर निर्माण गरिएको फिल्म हो ।

यस फिल्मका प्रमुख कलाकार परेश रावलले फिल्मबारे जानकारी दिने क्रममा आफु मोदी भक्त भएको बताएका छन् । उनले भनेका छन्, ‘म मोदी भक्त हुँ । म यसैमा खुसी छु ।’

यस फिल्मको प्रमुख भुमिकामा रहेका उनले भनेका छन्, ‘यो फिल्म प्रत्येक भारतीयले हेर्न आवश्यक रहेको छ । यो फिल्म ती सेनाप्रति हो जसलाई हामी चिन्दैनौ तर हाम्रो सुरक्षाका लागि सिमामा गोली खाइरहेका छन् ।’

यस फिल्मका अर्का प्रमुख अभिनेता हुन् विक्की कौशल । पछिल्लो समय बलिउडमा व्यस्त नायकका रुपमा उनी परिचीत छन् । यो फिल्म जनवरी ११ मा रिलिज हुँदैछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob