scheduleसोमवार माघ ७ गते, २०७५

बलात्कारको आरोप लागेको तीन महिनापछि आलोकनाथले मुख खोले, दिए यस्तो प्रतिक्रिया

काठमाडौँ, २४ पुस । मिटु क्याम्पिन चलेपछि बलिउडका अभिनेता आलोकनाथमाथि बलात्कार गरेको आरोप लागेको थियो । उनलाई विनता नन्दाले बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

यसबारे तीन महिनादेखि मौन रहेका उनले अन्तत आफ्नो प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘म तीन महिनादेखि मौन रहेको थिए । मलाई मेरो वकिलले केही पनि नबोल्न सुझाव दिएका थिए ।’

उनले थप्दै भने, ‘आवेगमा आएर मेरो मुखबाट गाली गलौज पनि हुन सक्ने र थप विवादमा पर्ने हुदाँ म मौन नै बसे । अझै पनि यस विषयमा केही नबोल्न भनिएको छ । अदालतले मलाई अग्रिम जमानत दिएको छ । यसका लागि म आभारी छु । जब म बोल्ने वातावरण बन्नेछ । म इमानदारिताका साथ सबै कुरा भन्नेछु ।’

उनले आफ्नी पत्नी आशुलाई धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘यो कठिन अवस्थामा उनी मेरो साथमा रहिन् । मलाई साहस दिने काम गरिन् । म उनीप्रति आभारी छु ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob