scheduleबुधवार फाल्गुन १४ गते, २०७६

बुधबार संसदमा प्रस्तुत हुने रणनीति बनाउन काँग्रेस संसदीय दलको बैठक बस्दै


काठमाडौं, २४ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक आज दिउँसो बस्दैछ। दिउँसो १ बजे सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।

पुस २२ गते सभामुख कृष्णबहादुर महराले संसदमा हुकुमी शैली अपनाएको आरोप लगाउँदै काँग्रेसले आजको संसदीय दलको बैठकमा बुधबार हुने संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने जनाएको छ।

पुस २२ गतेको संसद बैठकमा प्रधानमन्त्रीले सदनमा राखेका विषयमा प्रश्न गर्न नपाएको भन्दै काँग्रेसले नाराबाजीसँगै रोस्टम घेराउ गरेपछि संसद बैठक अवरुद्ध भएको थियो ।

यसअघि नै काँग्रेसले संसदको अर्को बैठकमा प्रधानमन्त्रीले सरकारका कामकारवाहीबारे सदनमा जानकारी गराएको विषयमा प्रश्नोत्तर गर्न नपाए बैठक चल्न नदिने चेतावनी दिइसकेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय