scheduleसोमवार माघ ७ गते, २०७५

राजदूत लक्की शेर्पाले दिइन् राजीनामा

काठमाडौं, २४ पुस । मानव तस्करीको आरोप लागेर विवादमा मुछिएकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले पदबाट राजीनामा दिएकी छिन्। मन्त्रीपरिषद् बैठकले उनलाई बर्खास्त गरेको सूचना बाहिरिरहेका बेला राजदूत शेर्पाले परराष्ट्र मन्त्रालय पुगेर राजीनामा दिएको स्रोतले बतायो ।

शेर्पामाथि उनकै चालकले मानव तस्करीको आरोप लगाएका थिए । मानव बेचविखनमा संलग्न रहेको आरोप लागेकी राजदूत शेर्पामाथि छानबिन पनि चलिरहेको थियो।

उनको लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रालयले समिति नै गठन गरी छानबिनका लागि उनलाई काठमाडौं बोलाएको थियो। तर, शेर्पाले भने आफूविरुद्ध लगाइएको आरोप निराधार रहेको बताउँदै आएकी छिन्। चालकलाई कामबाट निकाला गरेपछि विवादमा पार्ने प्रयास गरिएको उनले दाबी रहँदै आएको छ ।

यसैबिच सोमबारको मन्त्रिपरिषद् बैठकले शेर्पालाई बर्खास्त गरेको विभिन्न सञ्चारमाध्यममा समाचार प्रशारण भएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समाचारको खण्डन गर्दै राजदूत शेर्पाका विषयमा कुनैपनि निर्णय नभएको स्पष्ट पारेका थिए।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob