scheduleसोमवार माघ ७ गते, २०७५

सारा अली खान होइन, यो स्टारकिडसँग रिलेसनमा छन् कार्तिक आर्यन

एजेन्सी, २४ पुस । नयाँ वर्ष २०१९ को सुरुवातमै बलिउडको गल्लीहरुमा एउटा जोडी लव अफेयरको निकै ठूलो चर्चा चलिरहेको छ । यो जोडी अरु कोही नभएर दुई नवोदित कलाकार कार्तिक आर्यन र अनन्या पाण्डे हुन् । यी दुईलाई मिडियाकर्मीको क्यामराले धेरैपटक एकसाथ कैद गरेको छ । गएका हप्ताहरुमा यी दुई कहिले डिनरमा त कहिले भुभिज डेजमा स्पट भएका छन् ।

कार्तिक आर्यन यो समय बलिउडमा निकै चर्चा बटुलिरहेका छन् । आफ्नो मात्र दुईवटा फिल्मबाट चक्लेटी हिरोको इमेज बनाइसकेका कार्तिक देशभरी युवतीहरुको राष्ट्रिय क्रस बनेका छन् । तर अनन्या भने अझै पनि एउटा रहस्यको पात्र छिन् । उनको विषयमा धेरैलाई थाहा छैन । उनी अभिनेता चंकी पाण्डेकी छोरी हुन् र यसैवर्षको फिल्म ‘स्ट्युडेण्ट अफ द यर टु’ मा उनी देखा पर्दैछिन् । यो उनको डेब्यु फिल्म हो ।

अहिलेका स्टारकिडहरुमा अनन्या सौन्दर्यताको तुलनामा निकै माथि छिन् ।

अनन्याको डेब्यु फिल्मपछि कार्तिक र आर्यनलाई एकसाथ फिल्ममा कास्ट गरिने खबर आएको छ । यद्यपी खबर पुष्टि भएको छैन तर यी दुईलाई ‘पति पत्नी और वो’ को रिमेकमा कास्ट गरिने खबर आएका छन् ।

तर यो खबरले कार्तिक आर्यनसँग डेट गर्न इच्छुक सेफ अली खानकी छोरी सारा अली खानलाई भने धक्का पुग्ने देखिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob