scheduleबिहिवार माघ ३ गते, २०७५

सरकारी डाक्टरहरुद्वारा देशभर एक घण्टा काम बहिस्कार

फाइल फोटो

काठमाडौं, २४ पुस । कर्मचारी समायोजनमा आफूहरूलाई विभेद गरिएको भन्दै सरकारी डाक्टरहरूले आज पनि देशभरका सरकारी अस्पतालहरुमा डाक्टरहरुले धर्ना दिएका छन् । उनीहरुले सरकारी चिकित्सक संघ (गोदान) को आह्वानमा एक घन्टा काम बहिष्कार गरेर धर्ना दिएका हुन्।

सरकारी डाक्टरहरुले आइतबार एक घण्टा मन्त्रालय घेराउ गरेका थिए। धर्नापछि स्वास्थ्यमन्त्रीसँग छलफलपछि आफूहरु झन् निराश भएको उनीहरुको गुनासो छ ।

सोमबारदेखि वीर, ट्रमा, कान्ति, प्रसूतिगृहलगायत उपत्यकाका सरकारी अस्पतालमा कार्यरत डाक्टरहरुले धर्ना दिइरहेका छन्। डाक्टरको सेवा–सुविधा, सुरक्षालगायत विषय स्पष्ट हुनु पर्ने, समायोजन हुँदा स्तरवृद्धि सुनिश्चित गर्नु पर्ने, प्रदेशमा समायोजन भएका चिकित्सकलाई निश्चित अवधिपछि केन्द्रमा आउन सक्ने व्यवस्थासहित प्रदेशमा रहँदा वरिष्ठताका आधारमा सचिव हुनु पर्ने लगायतका मागहरु उनीहरुको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob