scheduleबिहिवार माघ ३ गते, २०७५

विश्वास गर्नुहुन्छ ? लिङ्ग परिवर्तनको क्रममा रहेका तेस्रोलिङ्गी पुरुष भए गर्भवती

एजेन्सी, २४ पुस । आज हामी तपाई एउटा यस्तो आश्चर्यचकित घटनाको बारेमा बताउन जाँदैछौं । यो एउटा यस्तो घटना हो जुन अब चाँडै नै एउटा लव सिरिजको रुपमा टेलिभिजनमा पनि प्रसारित हुँदैछ ।

यो वास्तविक घटना अमेरिकाको टेक्ससमा बस्ने एकजना तेस्रोलिङ्गी पुरुष हो । ती पुरुषको जीवनमा जे भयो सायद तपाई हामी वा स्वयम् उसैले पनि त्यसको कल्पनासम्म गरेका थिएनन् होला । तेस्रोलिङ्गी जोडी विली सिम्पसन र स्टीफन गैथको कहानी सुनेर तपाई पनि अचम्ममा पर्नुहुन्छ । हालै यी जोडीमाथि जे घटना घट्यो त्यसको सबैको होश उडायो ।

विली वितेका सातवर्षदेखि टेस्टोस्टरोन लिइरहेका थिए तर उनलाई कहिल्यै पनि आफू गर्भवती हुन्छु भनेर कल्पनासम्म पनि आएको थिएन । तर उनी एकदिन अचानक गर्भवती भए । वास्तवमा विली एक तेस्रोलिङ्गी महिलाबाट पुरुष बन्ने प्रयासमा थिए ।

उनी लगातार टेस्टोस्टेरोन लिइरहेका थिए तर यसैक्रममा उनी गर्भवती भए ।

तपाईलाई थाहा नहुनसक्छ टेस्टोस्टिरोन एउटा एकदमै महत्वपूर्ण पुरुष हर्मन हो । टेस्टोस्टरोनको स्तर किशोर अवस्थामा बढ्छ र युवावस्थामा सबैभन्दा धेरै हुन्छ । टेस्टोस्टरोनको स्तरले शरीरमा प्रजनन प्रणाली र कामुकतादेखि मांसपेशी र हाड घनत्वसम्म सबैलाई प्रभावित पार्छ ।

विलीले बच्चा जन्माउन त सक्ने भए तर त्यसलाई लिएर यो तेस्रोलिङ्गी जोडीको मनमा धेरै डरहरु छन् । दुबैजना बच्चा जन्मिएपछि एडप्सनमा दिन चाहन्थे, तर अब विली तयस बच्चालाई आफैं पालेर सम्मानपूर्वकको जीवन दिन चाहन्छन् ।

यी दुईले आफ्नो हुनेवाला बच्चाको नाम रोबर्ट फक्स राख्ने बताएका छन् । विलीले प्रसवको समयमा पीडालाई लिएर आफू निकै चिन्तित भएको बताएका छन् । उनीहरुले आफ्नो यो कहानीलाई टेलिभिजनको रियालीटि सो एक्सट्रीम लव सिरिजमा शेयर गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob