scheduleमगलवार आश्विन २८ गते, २०७६

छायाँ सरकार बनाउने काँग्रेसको निर्णय, मन्त्रालय रोजेर नाम पेश गर्न सांसदहरुलाई आग्रह

काठमाडौं, २४ पुस । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले छायाँ सरकार बनाउने निर्णय गरेको छ । मंगलबार बसेको काँग्रेस संसदीय दलको बैठकले छायाँ सरकार बनाउने निर्णय गरेको हो ।

छायाँ सरकारका लागि तीनवटा मन्त्रालय रोजेर नाम पेश गर्न काँग्रेसले सांसदहरुलाई आग्रहसमेत गरेको छ । अब सरकारका प्रत्येक कामको निगरानी छायाँ सरकारबाटै हुने काँग्रेसले जनाएको छ ।

बैठकले संसदमा प्रधानमन्त्रीले सांसदहरुले राखेको प्रश्नको जवाफ नदिएर संसदीय अभ्यासको उल्लंघन गरेको प्रति समेत आपत्ति जनाएको छ । यस्तै बुधबारको बैठकमा समेत प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ नदिए संसदमा आइतबारको जस्तै अवरोध हुने कांग्रेसले चेतावनी दिएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage