scheduleसोमवार आषाढ़ २ गते, २०७६

ठण्डीमा प्रतिरक्षा प्रणाली मजबुत बनाउन डाइटमा समावेश गर्नुहोस् यी वस्तु

एजेन्सी, २४ पुस । अहिले ठण्डीको समय चलिरहेको छ यस्तो मौसममा मानिसहरु आफ्नो खानपान र जीवनशैलीलाई परिवर्तन गर्छन् । बिहान ढिलो उठेर खाना नखाई काममा जाने गर्छन्, पानी कम पिउने, ननुहाउने जस्ता अस्वस्थकर बानी लगाउँछन् ।

तर यदि यी मध्ये खानपानको बानीलाई मात्र हामीले नियमन गर्न सक्यौं भने हामी स्वस्थकर जीवनशैली अप्नाउन सक्छौं ।

बिहानको नास्तामा फल वा सलाद सेवन गर्दा यसले तपाईको प्रतिरक्षा प्रणालीलाई थप मजबूत बनाउँछ र हामी बिरामीबाट बच्नसक्छौं । जब हाम्रो पेट खाली हुन्छ तब हाम्रो शरीरमा रहेको गामा एंटरफेरान नामको एन्टी वायरल एजेन्ट १७ प्रतिशत कम भएर जान्छ । यसले हाम्रो शरीरमा धेरै तनाव पैदा गराउँछ र हामी सजिलै रुघाको चपेटामा आउँछौं ।

यसबाट बच्नका लागि खानामा सब्जी, दाल, फल दैनिक समावेश गर्नुहोस् । यसले शरीरलाई खतरनाक बिमारसँग लड्न सहयोग गर्छ । यदि तपाई खानामा नन भेज मन पराउनु हुन्छ भने ठण्डी मौसममा माछा र अण्डा डाइटमा अवश्य समावेश गर्नुहोस् ।

दैनिक विहान शारीरक अभ्यास गर्दा हाम्रो प्रतिरक्षा प्रणाली राम्रो भएर जान्छ । साथै रुघाबाट बच्नका लागि तपाईले दैनिक ग्रिन टी सेवन गर्दा फाइदाजनक हुन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob