scheduleसोमवार माघ ७ गते, २०७५

ट्रम्प र प्रतिपक्षीबीच दोहोरी, के हुन्छ सीमामा पर्खाल

एजेन्सी, २५ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मानवीय संकटको अवस्थालाई औंल्याउँदै मंगलाबारको आफ्नो एक सम्बोधनमा मेक्सिको सीमा पर्खालको विषयलाई उठाएका छन् ।

प्रतिपक्षी डेमोक्रेट्सतर्फकी नेन्सी पेलोसी जो अमेरिकी सदनकी सभामुख पनि हुन् उनी र अर्का डेमोक्रट्स चुक स्कुमरले राष्ट्रपति ट्रम्पले पर्खालको अपील सत्यताको सट्टा त्रासमा आधारित रहेर गरेको बताएपछि ट्रम्पको पछिल्लो सम्बोधन आएको हो ।

राष्ट्रपति ट्रम्पको सम्बोधन आंशिक सरकारी काम कारावाही ठप्प भएको १८ औं दिनमा आएको हो । मेक्सिको पर्खाल निर्माणका लागि ट्रम्पको पाँच अर्ब अमेरिकी डलरको कोष प्रस्तावलाई प्रतिपक्षी डेमोक्रेट्सले कडारुपमा अस्वीकार गरेपछि ट्रम्पले पनि सरकारी कामकाजलाई आंशिकरुपमा बन्द गरिदिएका हुन् ।

ट्रम्पले ओभल अफिसबाट डेमोक्रेट्सलाई वार्ताका लागि ह्वाइट हाउसमा बोलाउँदै भने,‘यो सही र गलत, न्याय र अन्यायबीचको चयन हो । राजनीतिज्ञहरुले केही नगरी बस्नु अनैतिक हो ।’

सभामुख पेलोसीले ट्रम्पको पर्खाल योजना र सरकारी कामकाज ठप्पको विरोध गर्दै ट्रम्पले अमेरिकी नागरिकलाई बन्दी बनाउन छोड्नु पर्ने बताएकी थिइन् । साथै उनले ट्रम्पलाई संकट सृजना गर्न बन्द गर्न र सरकारी कामकाज पुन सुचारु गर्न आह्वान गरेकी थिइन् ।

धेरैवटा वार्ता प्रयासका बावजूद पनि ट्रम्प र उनको रिपब्लिकन दल र प्रतिपक्षी डेमोक्रेट्सबीच कोषको विषयलाई लिएर कुनै पनि सहमति बन्न सकेको छैन ।

गत २२ डिसेम्बरबाट त्यहाँ सरकारी कामकाज ठप्प हुँदा त्यसले नौवटा विभाग र धेरै संस्थाहरुका आठ लाख जति संघीय कर्मचारीलाई प्रभावित पारेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob