scheduleआइतवार आषाढ़ १ गते, २०७६

यौन उत्पीडनको आरोपी आलोकनाथलाई अदालतको राहत

एजेन्सी, २५ पुस । यौन उत्पीडनको कथित आरोप सामना गरिरहेका अभिनेता आलोक नाथलाई अदालतले ठूलो राहत दिएको छ । निर्देशक तथा लेखक विन्ता नन्दाद्वारा लगाइएको त्यस्तो आरोपलाई मुम्बईको सेशन कोर्टले गलत बताएको छ । अदालतको यस्तो बयानपछि आलोक नाथलाई केही राहत मिल्ने सम्भावना देखिएको छ ।

मुम्बईस्थित दिंडोशी सत्र न्यायलयले अग्रिम जमानत दिने १५ पेजको आदेशमा भनेको छ,‘यी सम्भावनालाई अस्वीकार गर्न सकिदैँन कि आरोपीलाई गलत तरिकाले पेश गरेर आलोक नाथलाई फसाँइएको छ ।’ अदालतले बिन्तालाई आफूमाथि भएको पूरा घटना याद हुने तर कुन महिना र कुन गते भएको याद नहुने कुरा पनि ध्यान दिन लायक भएको आदेशमा बताएको छ ।

अदालतले सेक्सन ३७६ र ३७७ अन्तर्गत अप्राकृतिक यौन अपराधका लागि मुद्दा दायर गर्न कुनै समय सीमा नभएको तर विन्ताको मामिलामा आरोपित आलोक नाथले बिन्तालाई मुद्दा दायर नगर्नका लागि धमक्याएको कुनै पनि त्यस्तो रेकर्ड नभएको हवाला दिदैँ आरेपीलाई गलत तरिकाबाट पेश गर्न सकिएको बताएको छ ।

आलोक नाथमाथि मिटु मुभमेन्टमार्फत निर्देशक तथा लेखक विन्ता नन्दाले बलात्कारको आरोप लगाएकी थिइन् । गत २१ नोभेम्बरमा प्रहरीले अभिनेता आलोकनाथविरुद्ध आईपीसीको धारा ३७६ अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।

आलोकनाथले यस अघि आफूमाथि लागेको आरोपको खण्डन गर्दै विन्तामाथि मानहानीको मुद्दा पनि दायर गरिसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob