scheduleबिहिवार माघ ३ गते, २०७५

सेक्स सुविधाका लागि विश्वविद्यालयलाई र्‍याङ्किङ, पत्रिकाले माग्यो माफी

एजेन्सी, २५ पुस । जापानको एक पत्रिकाले एउटा सूची जारी गरेपछि माफी माग्नु परेको छ ।

विशेषगरी पुरुषहरुका लागि उक्त अखबारले ती विश्वविद्यालयहरुको र्‍याङ्किङ गरेको थियो जहाँका महिलाहरुलाई रक्सी पिलाएर यौन सम्बन्ध राख्न सजिलो र तयार गर्न सकियोस् ।

यो उक्त सूची साप्ताहिक पत्रिका ‘स्पा’ मा जारी गरिएको थियो । सूची जारी भएपछि सो पत्रिकाको निकै आलोचनाहरु भएका थिए ।
एक महिलाले त्यसको विरोधमा अभियान नै सुरु गरेकी थिइन् । उनले त्यस्तो लेखका लागि पत्रिकाले माफी माग्नु पर्ने र त्यस लेखलाई हटाउनु पर्ने माग राखेकी थिइन् ।

लेखमा मग्यारानोमी नामको पार्टीको कुरा गरिएको छ, जुन एउटा ड्रिंकिङ पार्टी हो । यस्ता पार्टीमा सहभागी हुनका लागि पुरुष महिलाहरुलाई पैसा दिने गर्छन् ।

गत २५ डिसेम्बरको अंकमा सो पत्रिकामा त्यस प्रकारको पार्टी कलेज छात्राहरुमा निकै लोकप्रिय रहेको बताइएको थियो । साथै त्यसमा एकजना यस्ता सफ्टवेयर डेवलपरको अन्तरवार्ता पनि समावेश गरिएको थियो जसले एउटा यस्तो एप बनाएका थिए जसको मद्दतबाट सही महिला र पुरुषलाई त्यस्ता पार्टीमा बोलाउन सकिन्छ ।

रिपोर्टहरुका अनुसार लेखमा पाँचवटा त्यस्ता कलेजका नाम समावेश गरिएको छ जहाँ छात्राहरु रक्सी पिउने पार्टीमा सजिलै उपलब्ध हुन्थे । त्यसमा महिलाहरुलाई उनीहरुको कपडाको आधारमा कसरी यौन सम्बन्धका लागि मनाउने भनेर सिकाइएको पनि थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob