scheduleबिहिवार जेष्ठ ९ गते, २०७६

कोमामा रहेकी महिलाले बच्चा जन्माएपछि अस्पताल प्रमुखले दिए राजीनामा

एजेन्सी, २५ पुस । अमेरिकाको एरिजोना राज्यस्थित एउटा नर्सिङ होममा कोमामा रहेकी एक महिलाले बच्चालाई जन्म दिएपछि क्लिनिकका प्रमुखले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

क्लिनिकले आफ्नो बयानमा निर्देशकले विल थमसनको राजीनामा स्वीकार गरेको बताएका छन् ।

पीडित महिला फिनिक्स इलाकाको नजिक रहेको हेसिंडा हेल्थकेयरको एक क्लिनिकमा करिब एक दशकदेखि भर्ना थिइन् र उनलाई प्रत्येक समय हेरचाहको आवश्यकता थियो ।

प्रहरीले यस मामिलामा यौन उत्पीडनको जाँच शुरु गरिदिएको छ । महिलाको पहिचानबारे खुलासा गरिएको छैन र महिलाले २९ डिसेम्बरमा बच्चालाई जन्म दिएको बताइएको छ ।

जबसम्म ती महिलाले बच्चालाई जन्म दिइनन् तबसम्म उनी गर्भवती रहेको कसैलाई पनि थाहा थिएन । कम्पनीका बोर्ड कार्यकारी उपाध्यक्ष गैरी ओर्मनले भने, ‘हामी आफ्नो शक्तिको अनुसार अफ्ना सबै बिरामी र कर्मचारीको सुरक्षा सुनिश्चित गर्नेछौं ।’

न्युयोर्क टाइम्स अखबारको नयाँ रिपोर्ट अनुसार उक्त क्लिनिकमाथि दुर्व्यवहारको नयाँ अरोप लागेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob