scheduleबिहिवार जेष्ठ २२ गते, २०७७

अब बिहीबारदेखि पोखराबाट पनि श्रम स्वीकृति लिन सकिने

काठमाडौं, २५ पुस । बिहीबारदेखि गण्डकी प्रदेशको पोखराबाट पनि पुनःश्रम स्वीकृति लिन सकिने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागको कामलाई विकेन्द्रीत गरेपछि उक्त सुविधा भएको हो ।

प्रदेशका कार्यालयबाट पनि सेवा दिने निर्णय गरेको श्रम मन्त्रालयले यस अघि प्रदेश–२ को जनकपुर र प्रदेश ५ को बुटवलबाट सेवा सुरु गरिसकेको छ।

Dish_Home

सेवा सुचारु गर्नका लागि वैदेशिक रोजगार विभागका कर्मचारीहरु पोखरा पुगिसकेका छन् । बिहीबारबाट पोखराको सहिद चोकमा रहेको श्रम कार्यालयबाट सेवा सुरु हुने विभागले जनाएको छ।

यस्तै अरु प्रदेशका श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृति लगायतका सेवा दिने तयारी अन्तिम चरणमा पुगेको श्रम मन्त्रालयले जनाएको छ । पहिलो चरणमा पुनः श्रम स्वीकृति मात्रै वितरण हुने भएपनि छिट्टै पूर्व स्वीकृतिको काम पनि प्रदेश कार्यालयबाट हुनेछ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ६ वटा प्रदेशका श्रम तथा रोजगार कार्यालयलाई अधिकार प्रत्यायोजन गरिसकेको छ। धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर र विराटनगरमा रहेका श्रम तथा रोजगार कार्यालयहरुले वैदेशिक रोजगार ऐन, २०६४ को दफा १५ बमोजिम वैदेशिक रोजगारमा कामदार पठाउन निश्चित संख्यामा माग निर्धारण गरी पूर्व स्वीकृतिका लागि निवेदन लिने र पूर्व स्वीकृति दिन सक्ने छन्।

सरकारले यसअघि, काठमाडौंको ताहचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयबाट मात्रै श्रम स्वीकृति दिंदै आएको थियो।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय