scheduleबिहिवार बैशाख १२ गते, २०७६

उत्सव हेर्न आएकी महिलालाई घर पुर्याइदिन्छु भन्दै खुल्लामञ्चमै बलात्कार

सुर्खेत, २५ पुस । सुर्खेतको वीरेन्द्रनगरमा क्रिश्चियन धर्मावलम्बीको केरल उत्सव हेर्न आएकी एक महिला बलात्कृत भएकी छिन् । गत मंसिर २७ गते बेलुकी ९ बजे वीरेन्द्रनगरको खुलामञ्चमा बलात्कार गरेको आरोपमा ३६ वर्षीय चिरञ्जीवि गैरेलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मंसिर २७ गते बेलुका ९ बजेतिर खुलामञ्चमा गैरेले बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख छ । प्रहरीका अनुसार क्रिश्चियन धर्मावम्बीको आयोजित केरल उत्सवमा राति घर पुर्याइदिने भन्दै वीरेन्द्रनगरको खुलामञ्चमा बलात्कार गरेको पीडित महिलाको जाहेरीमा उल्लेख छ। अहिले गैरेमाथि सुर्खेत जिल्ला अदालतमा मुद्धा दायर भएको र कारबाहीको प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob